Logo

प्रदेश

कोरोना टेष्ट अगाडि नबढ्दा कोरोना संक्रमितको संख्या तथा ट्रेसिङमा समस्या: मेयर सरावगी



कोरोना संक्रमितको आशंका गरिएकाहरूको कोरोना टेष्ट हुन नसक्दा कोरोना संक्रमितको यकिन तथ्यांक आउन आउन नसकेको बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताएका छ्न ।

अनलाइनपाना सँगको कुराकानीको क्रममा मेयर सरावगीले ‘अहिले कोरोना टेष्ट अगाडि नबढेको हुनाले यकिन संख्या उपलब्ध छैन् । बिहीबार बाट टेष्ट अगाडि बढेसँगै यकिन संख्या स्पष्ट हुन्छ ।’ उनले भने ।

‘यो सँगै प्रादेशिक प्रयोगशालामा एक दिनमा ४० जना जतिको मात्रै पिसीआर टेष्टको रिपोर्ट आउने र काठमाडौ पठाएको नमुनाको रिपोर्ट एक दुई दिनमा मात्रै आउने हुनाले पनि यकिन तथ्यांक आउन गार्‍हो हुने’ मेयर सरावगीको भनाइ छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीमानामा अलपत्र परेका नेपाली नागरिकलाई आजदेखि नेपाल प्रवेशको अनुमति दिइएको तथा नेपाल प्रवेश गरेका नेपालीलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सम्बन्धित पालिकामा पठाउने तथा होल्डिङ क्वारेन्टाइनको व्यवस्था मिलाइएको समेत जानकारी दिए । सीमा खुला गरेसँगै आजमात्रै बिरगञ्ज नाकाबाट करिब एक हजार नागरिक स्वदेश प्रवेश गरेको समेत जानकारी दिए ।

कोरोनाका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई अहिले पनि नगरपालिकाले राहत उपलब्ध गराइरहेको समेत मेयर सरावगीले जानकारी दिए ।

प्रदेश २ को पर्सा जिल्लाको सदरमुकाम तथा व्यापारीक केन्द्र समेत रहेको बिरगञ्ज महानगरपालिका कोरोना भाइरस बाट निकै प्रभावित महानगर हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार २०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।