Logo

प्रदेश

कोरोनाको कारण एक जनाको ज्यान गएपछि किस्ट अस्पतालमा उच्च सावधानी



ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका वडा नम्बर – २२ का एक जनाको ज्यान गएसँगै किस्ट अस्पतालमा उच्च सावधानी अपनाइएको छ ।

स्वास्थ कार्यलय ललितपुरका अनुसार कलेजो सम्बन्धि समस्या बाट ग्रसित उनलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । अल्कोहलिक लिभर डिजिज भन्दै सुरुमा पाटन अस्पताल लगिएकोमा पाटन अस्पतालमा आईसियू खाली नभएको भन्दै किस्ट रेफर गरिएको थियो । यद्यपि कोरोनाकै कारण मृत्यु हो वा होइन भन्ने आधाकारीक रिपोर्ट वा औपचारिक पुष्टि भने हुन बाँकी छ ।

अस्पतालमा आईसियूमा भर्ना भएका बिरामीको मृत्युपछि किस्ट अस्पतालमा उच्च सावधानी अपनाइएको छ । निधन भएको व्यक्ति उपचाररत रहेको वार्ड र आईसियू सेवा केही समयका लागि बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

आईसियूमै रहेका अन्य बिरामीको थ्रोट स्वाब पुनः लिइएको छ । बिरामीको रिपोर्ट नेगेटिभ नै आएपनि अन्यत्र व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । यो सँगै उनको उपचारमा संलग्न चिकित्सक र नर्सहरुलाई पनि क्वारेन्टाइनमा राखेर आवश्यक परिक्षण थालिएको अस्पतालले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।