Logo

अर्थ

३९ स्थानमा बीओपी स्थापना गर्ने सरकारको घोषणा



सरकारले सीमा सुरक्षाका लागि थप ३९ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी विस्तार गर्ने घोषणा गरेका हुन् ।

त्यसका लागि प्रहरीको क्षमता बढाउने घोषणासमेत सरकारले गरेको छ ।

‘अनुसन्धान विभागको क्षमता विस्तार गरिने छ । सेनालाई बंकरबाट ब्यारेकमा ल्याउन आवास बनाइने छ’, उनले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।