कोरोना संक्रमितलाई आइसोलेशनमा लैजाने बिषयमा रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा लैजान आएको प्रहरीलाई स्थानीयले अवरोध गरेपछि शुक्रबार बिहान झडप भएको हो ।
झडपका क्रममा स्थानीयले प्रहरीको गाडी समेत तोडफोड गरेका छन् ।





















प्रतिक्रिया