Logo

प्रदेश

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप



सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार ड्यूटीमा खटिएको टोलीलाई हुलहुज्जत गरी हतियार समेत खोस्न प्रयास गरेकोले स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र टोलीले बाट १ राउण्ड हवाई फायर गरेको थियो । भिड तितरवितर भई अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रदेश २का सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी राजु अर्यालले भारतीय नागरिकहरु नेपाल आउन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । उनीहरु आफन्त भेटन आएको भन्दै नेपाल प्रवेश गर्न खोजेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।