Logo

अर्थ

कम्तीमा तीन महिनाको व्याज र घरभाडामा सहुलियत दिन राष्ट्रिय व्यवसायी महासंघको माग



नेपाल राष्ट्रिय व्यवसायी महासंघले साना तथा मझौला उद्योग व्यवसायलाई कम्तीमा ३ महीनाको व्याज र घरभाडामा सहुलियत आवश्यक रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले केहि अघि ल्याएको भनिएको सहुलियत केवल नाम मात्रैको रहेको बताउँदै अध्यक्ष कटुवालले यसले साना तथा मझौला व्यवसायमा कुनै राहत नहुने टिप्पणी गरे । लकडाउन सँगै प्रायः सबै साना तथा मझौला उद्योग व्यवसायहरू पूर्ण रूपमा बन्द भएको र यसले लामो समयसम्म असर गर्ने उनको भनाइ छ ।

एक रुपैयाँ आम्दानी नहुँदा पनि कर्मचारीलाई तलब र घरभाडा तिर्नै पर्ने अवस्थामा ॠणको व्याज तिर्न नसक्ने समेत उनको भनाइ छ । लकडाउन सुरु भएको दुई महिना कटिसकेको अवस्था हुनु तथा अझै कति लम्बिने कुनै अनुमान समेत नहुनुले साना तथा मझौला व्यवसायी सबैभन्दा ठूलो मारमा परेको उनको भनाइ छ ।

राज्यले यदि तत्कालै मझौला तथा साना व्यवसायीको समस्यामा गम्भीर नहुने हो भने त्यसको प्रत्यक्ष असर मजदुरलाई पर्ने हुँदा पनि राज्यलाई गम्भीर बन्न आग्रह गरे । सरकारले भर्खरै सार्वजनिक गरेको बजेटले समेत मझौला तथा साना व्यवसायीको हित गर्न नसक्ने एंव अपर्याप्त रहेको समेत टिप्पणी गरे ।

लकडाउनले सबै क्षेत्र ठप्प हुँदा खर्च बढेको तथा आम्दानी नहुँदा त्यसको चाप व्यवसायीले मात्रै धान्न नसक्ने बताउँदै अध्यक्ष कटुवालले राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।