Logo

अर्थ

कोरोना रोक्न संघीय सरकारको मात्रै १० अर्ब खर्च



संघीय सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।