Logo

हिउँ चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन 



बिना अक्सीजन हिमाल आरोहण गर्ने हिउँ चितुवाको नामले परिचित आङरिता शेर्पाको ७२ वर्षकोे उमेरमा निधन भएको छ ।सोलुखुम्बु स्थित थमोमा जन्मिएका शेर्पाको सोमबार बिहान काठमाडौंको जोरपाटीमा निधन भएको हो । 

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।

नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने शेर्पाले प्रकृतिमाथि विजय प्राप्त गर्नु भएको थियो । उनी सु-प्रबल गोरखा दक्षिण बाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित  भएका थिए ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १२ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।