लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै उपत्यकाकै व्यापारीक केन्द्र न्युरोडमा प्रहरीले पसल बन्द गर्न दबाब दिएपछि व्यापारी र प्रहरी बिच झडप भएको छ ।
खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक सेवाका पसल खोल्ने अनुमति भएपनि व्यापारी कपडा, विद्युत सहित अन्य पसल पनि खोलेको भन्दै बन्द गर्न दबाब दिएपछि झडपको अवस्था सिर्जना भएको हो ।
सरकारले लकडाउनको विकल्प दिन नसकेको भन्दै गएको बिहीबार देखि नै राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा लकडाउनको उल्लंघन गर्दै पसल खोलेका व्यापारी र सरकारी निर्णय कार्यान्वयन गराउन हिंडेका प्रहरी आ-आफ्नो अडानमा कायम रहँदा झडप भएको हो ।
झडपपछि न्युरोडमा अहिले प्रहरीको तैनाथी बढेको छ भने केही पसल बन्द भएका छन् । झडपमा सामन्य हातहाती भएपनि कोही घाइते भएको खबर भने प्राप्त भएको छैन् । व्यापारीले आक्रमण गरेपछि आफूहरूले प्रतिरक्षा गर्नुपरेको प्रहरीले दाबी गरेको छ ।
















प्रतिक्रिया