मंगलबार प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रदेश २ को दैनिक अपडेट मार्फत प्रदेश सचीव डा. राम प्रसाद घिमिरेले प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।
प्रदेश सचिव घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा नयाँ थपिएका संक्रमितमध्ये ४९ जना पुरुष र ५ जना महिला रहेका छन् ।
नयाँ थपिएका संक्रमितहरु सप्तरीका १३ जना, धनुषाका २१, महोत्तरीका १९ र सर्लाही जिल्लाका एकजना रहेका छन् ।





















प्रतिक्रिया