Logo

प्रदेश

धनुषामा मध्यराति गोली प्रहार गरी एक युवकको हत्या



धनुषामा अज्ञात समुहले गोली प्रहार गरी एक युवकको हत्या गरेको छ । धनुषाको सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको छातीमा गोली प्रहार गरी हत्या भएको हो ।

उनको शव बुधबार बिहान घरभन्दा करिब २ सयमिटर पर गोली प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार मण्डलको छातीमा एक गोली प्रहार गरिएको छ ।

कसैले घरबाट बोलाएर मण्डलको गोली प्रहार गरी हत्या गरकेो हुन सक्ने प्रहरीका आशंका छ । हत्या कसले वा किन गरेको विषमया अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।