Logo

कर्णाली प्रदेश

कर्णाली टिप्पर दुर्घटना: घाइतेको किष्ट अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै



कर्णाली प्रदेशको कालीकोटस्थित नरहरीनाथ गाँउपालिका- १ लालिघाट बजारमा भएको टिप्पर दुर्घटनामा घाइते भएका एक जनाको किष्ट अस्पतालमा निधन भएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

किष्टमा उपचाररत निस्पता सार्कीको आज निधन भएको हो । उनीहरुलाई कोरोना संक्रमणको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला पठाइएको छ । यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ ।

भारतबाट आएकाहरुलाई लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा १२ जना घाइते भएका थिए । जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको र बाँकी १० जनाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।