Logo

अर्थ

सेयर बजार अझै चार दिन बन्द रहने



सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आए पनि सेयर बजार भने बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचना जारी गर्दै चार दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार चार दिनका लागि सेयर कारोबार बन्द रहने छ ।

बोर्डको जेठ १ गतेको पत्र अनुसार सरकारले कोरोना भाइरसका कारण गरेको लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबार साबिक बमोजिम स्थगन गर्न व्यवस्था मिलाउन निर्देशन प्राप्त भएकाले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले सञ्चालक समितिको निर्णय अनुसार धितोपत्र सूचीकरण तथा कारोबार सोमबारदेखि बिहीबारसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण राकथामका लागि सरकारले गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउन करिब तिन महिनापछि खुकुलो बनायो। लकडाउन अवधिभर सेयर कारोबार दुई पटक मात्र खुलेको थियो ।

असार १ गतेदेखि लागू हुने गरी सरकारी तथा निजी कार्यालय, बैंक, वित्तीय संस्थाहरु दुई सिफ्टमा सञ्चालन गर्न गत साता सरकारले बिहीबार निर्णय ग¥यो।
सोही निर्णयको आधारमा सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।