Logo

साहित्य

आज श्रीपंचमी, विद्याकी देवी सरस्वतीको पुजा गरी मनाइदै



आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ ।
 
विशेषगरी आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-अफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा विद्यार्थीहरु देवी सरस्वतीको पूजा गर्न भक्तहरुको भीड हुने गर्दछ ।
 
काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज  बिहानैदेखि पूजाआजा गर्न
खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
 
आज विवाह, ब्रतबन्ध र बेलविवाह जस्ता सामाजिक तथा धामिर्क कार्य गर्न साइत हेर्नुपर्दैन । आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक-कान छेड्ने जस्ता शुभ कार्यको सुरुवात गरिन्छ ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार ०६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।