Logo

प्रदेश

कोरोनाबाट थप एकजनाको ज्यान गयो, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो



शनिबार चितवनको भरतपुर अस्पतालमा एक पुरुषको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

कैलालीका ५० वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार ती व्यक्ति असार ११ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट ग्रसित उनीमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा भर्ना गरिएका उपचाररत उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।