Logo

अर्थ

ट्याक्सी चलाउन दिने व्यवस्था मिलाउन विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन



संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिको बैठकमा यातायात व्यवसायीहरूको गुनासो सुनिसकेपछि संसदीय समितिले यस्तो निर्देशन दिएको हो ।

समितिको निर्देशनमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।