पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतीय उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बधाई तथा शुभकामना सन्देश पठाएका छन् । उनको जन्मदिनको उपलक्ष्यमा उनले बधाइ तथा शुभकामना सन्देश पठाएका हुन् ।
पूर्वराजालाई भारतको गोरखनाथ मन्दिरको तर्फबाट प्रत्येक वर्ष पठाइने गरेको महाप्रसाद यसपटक पठाइएन । दुई देशबीच भएको लकडाउनका कारण गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट प्रत्येक वर्ष पठाइने गरिएको महाप्रसाद यो वर्ष नपठाइएको जनाइएको हो ।
गोरखनाथ मन्दिरमा हरेक वर्ष नेपालका पूर्वराजा ज्ञानेन्द्रको शाहको जन्मदिन जुलाई ८ का दिन महाप्रसाद चढाइने गरिन्छ । यो प्रसाद शाही परिवारलाई पठाउने गरिन्छ ।





















प्रतिक्रिया