Logo

प्रवास

पाकिस्तानी सेनाको गोलि लागेर गुल्मीका एक गोर्खा सैनिकको मृत्यु



भारत पाकिस्तान सीमामा भएको गोलाबारीमा परि गुल्मी स्थायी घर भएका एक नेपाली गोर्खा आर्मीको मृत्यु भएको छ ।

शुक्रबार राति १ बजेतिर जम्बु काश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भएको गोलाबारीमा गुल्मी स्थायी घर भएका हवल्दार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।

पाकिस्तानी सेनाको गोलि लागेर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।