भारत पाकिस्तान सीमामा भएको गोलाबारीमा परि गुल्मी स्थायी घर भएका एक नेपाली गोर्खा आर्मीको मृत्यु भएको छ ।
शुक्रबार राति १ बजेतिर जम्बु काश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भएको गोलाबारीमा गुल्मी स्थायी घर भएका हवल्दार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
पाकिस्तानी सेनाको गोलि लागेर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।
भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।





















प्रतिक्रिया