Logo

अर्थ

बैंक तथा वित्तियसंस्थामा अधिकमात्रमा तरलता



बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) निकै सहज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा करिब १ खर्ब ४० अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ । केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४० अर्ब रुपैयाँ हाराहारीमा लगानी गर्न सक्ने तरलता रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । जसको कारण व्यवसायीहरुले सहज रुपमा कर्जा पागले छन् ।  दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम (तरलता) अभाव रहेको थियो । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित थिए । गत वर्षसम्म पनि तरलताको निकै समस्या देखिएको थियो । तर, लकडाउनपछि भने अवस्था ठीक विपरीत भएको छ । बैंकहरुमा लगानीयोग्य रकम अभाव होइन, अत्यधिक भएको छ ।

लगडाउनको कारण बैंक तथा वित्तिय संस्थाको लगानीको क्षेत्र घटेको छ । जसको कारण बैंक तथा वित्तिय संस्थामा तरता अधिक रुपमाजम्मा भएको हो । असार लागेसँगै सरकारले गर्नुपर्ने खर्च राम्रो बढेको साथै बाहृय ऋण पनि बढेका कारण बैंकहरुमा अधिक तरलता देखिएको हो । बैंकहरुमा कर्जा लिन जानेहरुको संख्या अत्यन्तै कम छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।