सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । सूचक विस्तारै तर क्रमशः उकालो यात्रामा लागेको छ । नेप्से सूचकसँगै कारोबार रकमले दिनहुँ उत्साह भरिरहेको छ । बजार सुस्त गतिमा बढिरहेकाले दिगो सुधारको अपेक्षा गरिएको छ । लक डाउनपछि खुलेको बजार सकारात्मक गतिमा अघि बढ्दा लगानीकर्ताको आत्मबल पनि सकारात्मक देखिएको छ ।
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको प्रमुख भूमिका रहने गर्छ । लगानीकर्ता बजारप्रति विश्वस्त हुन आवश्यक छ । बजार दिगो सुधारतर्फ अघि बढ्छ भन्ने विश्वास हुन जागृत हुनुपर्छ । पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलता बढिरहेको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदा ब्याजदर थप घट्ने देखिएको छ । ब्याजदर सस्तो हुँदा यसले अवश्य पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्नेछ । सेयर बजारमा ब्याजदरको निकै महत्वपूर्ण भूमिका रहने गर्छ । ब्याजदर सस्तो हुँदा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार तल झर्ने सामान्य प्रवृत्ति रहने गर्छ । दैनिक औसतमा १ अर्ब रुपैयाँको सेयर कारोबार भइरहेको छ । यो सेयर बजारका लागि निकै सुखद् पक्ष हो ।
नेप्से सूचक आइतबार ९.०२ अंकले बढेर १३४०.२९ विन्दुमा आइपुुगेको छ । १७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २६ लाख ७८ हजार ५०७ कित्ता सेयर कारोबार भएको छ । कुल १२ समूहको सेयर कारोबार भएकामा ७ समूह बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १९७.२४ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १.१४ अंकले तल झरेको छ ।





















प्रतिक्रिया