Logo

प्रदेश

मयूर यातायात सञ्चालन सुचारु हुनासाथ लफडा !



सरकारले गत शुक्रबारबाटै सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेपनि सडकमा सार्वजनिक यातायात सुचारु हुन सकेका छैनन् ।

सार्वजनिक यातायात सुचारु गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै नेपाल यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न शर्त तेर्स्याउँदै सवारी चलाएका छैनन् ।

यस्तोमा मयूर यातायातले सोमबारबाट काठमाडौ उपत्यका र काठमाडौ – धुलिखेल – पनौती रुटमा सेवा सुरु गरेको कम्पनीका अध्यक्ष महेन्द्र श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । तर, मयूर यातायातका कार्यकारी निर्देशक दिपक भण्डारीले भने अहिले मयूर यातायातले सेवा सुचारु गर्ने कुनै निर्णय नभएको दाबी गरे ।

निर्देशक भण्डारीका अनुसार धेरै सेयर सदस्य रहेको यातायात कम्पनीमा एउटा गाडी परिक्षणको लागि सडकमा निस्किएको र दुई वटा सवारी पास लिइएका गाडी मात्र सञ्चालनमा रहेको दाबी गर्दै अहिले सडकमा मयूर यातायातका ३ वटा गाडी गुडिरहेकोको र यातायात सञ्चालन गर्ने वा नगर्ने विषयमा आफूहरू छलफलमै रहेको जानकारी दिए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले भने सोमबारबाट ६ वटा बसमार्फत सेवा सुचारु गरेको बताएका थिए । अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौ-धुलिखेल- पनौती रुटमा २ वटा र उपत्यकाको रिंगरोडमा ४ वटा बस सञ्चालन भएको जानकारी दिएका थिए ।

यो सँगै सेवा सुचारु हुन नपाउँदै मयूर यातायातमा लफडा सुरु भएको छ । अधिकांश सेयर सदस्य यातायात सञ्चालन गर्न सहमत रहेको र कार्यकारी निर्देशक सहित केही सदस्य अहिले नै यातायात सञ्चालनको विपक्षमा रहेको बुझिएको छ ।

निर्देशक भण्डारीले सडकमा मयूर यातायातको तीन वटा मात्रै गाडी निस्किएको दाबी गरेपनि अहिले सडकमा मयूर यातायातका ६ वटै गाडी सञ्चालनमा छन् भने अध्यक्ष श्रेष्ठपक्ष बिहीबारसम्म २० – २२ वटा बस सञ्चालन गर्ने पक्षमा छ भने निर्देशक भण्डारी समूह अहिले नै यातायात सञ्चालन गर्न नहुने पक्षमा रहेको छ ।

कम्पनी भित्रको विवादको विषयमा कुरा गर्न खोज्दा अध्यक्ष श्रेष्ठ बोल्न चाहेनन् भने निर्देशक भण्डारीले छलफल पछि मात्रै धारणा सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।