सरकारले बुधवारबाट दोस्रो चरणको उद्धार उडान गर्दै छ । सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउनको लागि दोस्रो चरणको उद्धार उडान गर्न लागेको हो । जेठको अन्तिम साताबाट पहिलो चरणको उद्धार अभियान चलाएको सरकारले असार २८ गते यो चरण सम्पन्न गरेको थियो ।
विदेशमा रहेका नेपालीहरू नेपाल आउने जानकारी गराउँदै सम्बन्धित देशका दूतावासमा जानकारी दिँदै निवेदन दिनेको संख्या वृद्धि भएसँगै सरकारले असार ३१ गतेबाट साउन ६ गतेसम्म १ साता उद्धार उडानको समय थप गरेको थियो । दैनिक ६ उडानमार्फत सातामा ४२ उद्धार उडानमार्फत नेपाली नागरिकलाई स्वदेश ल्याइँदै छ ।
दैनिक ६ उडान गर्ने तयारी गरेको सरकारले औसतमा १२ सय नेपाली स्वदेश फिर्ता गर्ने सरकारको योजना रहेको रहेको छ । दैनिक नेपाल फिर्ता हुने नागरिकले दूतावासमा निवेदन दिने क्रम जारी रहेको हुनाले कति नेपाली स्वदेश फिर्ता हुन्छन् भन्ने यकिन नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यद्यपि, ४२ उडानबाट पूर्ण सिट संख्याको उपयोग गर्दै स्वदेश फिर्ता हुने नागरिकलाई ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयका अधिकारिले जानकारि दिएका छन् । असार २८ गतेसम्म दर्जनौं मुलुकबाट ६७ हजार भन्दा बढि नेपाली स्वदेश फिर्ता हुनको लागि आवेदन दिएका छन् । यस्तै, अहिलेसम्म २५ मुलुकबाट करिब २७ हजार ५ सय नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।
नेपाल फिर्ता हुन चाहने नागरिकको संख्या श्रम गन्तव्यबाट बढिरहेको मन्त्रालयको भनाइ छ । कोभिड–१९को संक्रमण दर विश्वभर नै बढिरहेको र निर्मूलको अन्योलता कायमै रहेको अवस्थामा रोजगारी गुमाउनेको संख्या बढी रहेको र स्वदेश फिर्ता हुने नागरिकको संख्या दैनिक वृद्धि हुने क्रममा रहेको सरकारी अधिकारीहरूले जानकारी गराएका छन् ।
६ उडानमार्फत विदेशका रहेका नेपाली स्वदेश फिर्ता ल्याउने कार्यसूची बनाएको सरकारले बुधवार युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ६ उडान हुने छन् । नेपाल वायुसेवा निगमले दुबइबाट–२, हिमालय एयरलान्सले आवुधावीबाट–२, एयर अरेबियाले सारजाँहाबाट–१ र फ्लाई दुबइले–१ गरी कुल ६ उडान गर्ने कोभिड–१९ संकट व्यावस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
१ हप्ताको कार्य सूची अनुसार निगमले–१६, हिमालयले–१६ र अन्य विदेशी विमान कम्पनीले १० गरी कुल ४२ उडान उद्धार उडान हुनेछन् । सरकारले सार्वजनिक गरेको १ महिनाको उद्धार उडानको कार्यसूचीमा १ सय ७५ उडानमार्फत विदेशमा रहेका नेपाली स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।





















प्रतिक्रिया