राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) प्रयोग गरी राजस्व छली गर्ने विरुद्ध मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका १ स्थित युनिक वाइड इन्टरनेसनल प्रालि र न्यू युनिक इन्टरनेसनलका सञ्चालक भुवन पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो । पाण्डेले ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बराबरको नक्कली भ्याट बिल बनाएको भन्दै विभागले सोही रकम बराबर बिगो असुल र जरिवाना समेत माग गर्दै मुद्दा दायर गरेको हो ।
विभागले सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको जानकारी दिएको छ । पाण्डेका यी २ कम्पनीले वस्तु तथा सेवा नै खरीद नगरी झूटा र नक्कली भ्याट बिल मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत चुहावट गरेको विभागको अनुसन्धानले देखाएको थियो ।
यी कम्पनीले मूल्य अभिवृद्धि करतर्फ १२ करोड ४२ लाख रुपैयाँ, आयकरतर्फ २२ करोड ८० लाख रुपैयाँ तथा लाभाशंतर्फ २ करोड ५७ लाख रुपैयाँ गरी कुल ३७ करोड ८० लाख रुपैयाँ राजस्व छलेको भेटिएको हो । पाण्डेविरुद्ध यही बिगो रकम कायम गरी बिगो र जरिवानासमेत असुल उपर तथा कैद सजायको माग गरिएको छ ।





















प्रतिक्रिया