Logo

अर्थ

माउन्टेन इनर्जी नेपालले साउन ८ गतेबाट आइपीओ बिक्री खुला गर्ने



माउन्टेन इनर्जी नेपालले साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे बिक्री गर्नेछ । यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापलटलले गर्नेछन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

यो आइपीओमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, त्यस अवधिमा बिक्री नभएमा भने भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।