सुनको मूल्य बिहीबार प्रतितोला एक सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९२ हजार ८०० सय रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले नै घटेर ९२ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ९२ हजार ३६० रहेको थियो । यता चाँदीको मूल्य भने स्थिर रहि बुधबारकै मूल्य प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।





















प्रतिक्रिया