चालु आर्थिक वर्ष २०७६-०७७ को पहिलो दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले सुधार भएको छ । आर्थिक वर्ष २०७६-७७ मा शेयर बजारमा धेरै उत्तार चढावहरु आएको थियो । उत्तर चढावकोबीच पनि शेयर बजार खासै नराम्रो स्थितिमा नपुगको विज्ञ्यहरुको दावी छ । बुधबार आर्थिक वर्ष २०७६-७७ को अन्तिम दिन पनि शेयर बजार सकारात्म भएर बन्द थियो । लगानीकर्ताहरुले यस आधारमा तुलना गर्दा अबको शेयर बजार सकारात्म रुपमा उकालो लाग्ने बताएका छन् । नेपालको पूँजीबजारले बियरिस ट्रेन्ड पूरा गरी बुलिस ट्रेन्ड समातेको विज्ञहरुको भनाइ छ ।
शेयर बजार सुधारको लागि नियमक निकायहरुले पनि बिभिन्न खालको प्रक्रियाहरु अगाडि बढाएको छ । जस्तै, स्टक डिलरहरु शेयर बजारमा ल्याउने कुरा भइरहको छ । शेयर बजारलाई सम्पूर्ण रुपमा अनलाइन प्रणाली मार्फत कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । सरकारले अनलाइल कारोबार मार्फत एक दिनमा १० लाख देखि एक महिनासम्ममा ३० लाखसम्म मात्र कारोबार गर्न पाउने भन्ने सिमा दायरा पनि हटाएको छ । शेयर लगानी कर्जाको ब्याजदर पनि घटेको छ ।
गत आर्थिक वर्ष २०७५-६७ को अन्तिम दिनको तुलनामा यस आवको अन्तिम दिन सेयर बजारमा केही सुधार देखिएको छ । गत आवको अन्तिम दिने नेप्से परिसूचक १२५९.०१ बिन्दुमा रहेको थियो । चालु आवको अन्तिम दिन १३६२.३४ बिन्दुमा रहेको छ । एक वर्षको अवधिमा बजारमा १०३.३३ अंकको सुधार देखिएको छ ।
आर्थिक वर्ष २०७६-७७ को सेयर कारोबारमा निकै उतार चढाव आएको थियो । लकडाउनको कारण विश्वमा नै पहिलो पटक ९७ दिन नेपालको पुँजी बजार बन्द पनि भयो । त्यसपछि खुलेको बजार सामान्य गतिमा नै चलेको छ । विज्ञ्यहरुले अहिलेको कारोबारलाई सेयर बजारको बिउटिको रुपमा पनि लिने गरेका छन् । केही दिन अघिसम्म धेरै नै उतार चढाव हुने गरेको भएपनि अहिले बजार लयमा फर्किसकेको देखिएको छ ।
लगानी कर्ताको नजरमा अबको शेयर बजार कस्तो होला ?
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष, तुलसीराम ढकालले अनलाइनपाना डटकमसंग कुरा गर्दै भने, शेयर बजार आगामि दिनमा सकारात्म तरिकाले उकालो लाग्ने छ । उनले भने, ‘सुर्य उदाउने वित्तिकै थाहा हुन्छ आजको दिन कस्तो हुन्छ भनेर, आज पहिलो दिनमा नै शेयर बजार सकारात्म भएर अगाडि बढेको छ । आगामि दिनको बाटो यसैबाट तय हुन्छ । अब शेयर बजारमा उकालो लाग्नका लागि आर्थिक वर्ष २०७६-७७ मा सकारात्मक परिवर्तनहरु आएको छ ।’ उनका अनुसार अबको शेयर बजार यी ४ कारण अगाडि बढ्ने छः
१. बैंकमा अधिकमात्रमा तरलता हुनु, जसको कारण लगानी कर्ताले सस्तो र सहज रुपमा ऋण पाउने छन् ।
२. सरकारले शेयर धितो राखेर सहजै ऋण लिन पाउने व्यवस्था गरेको छ, अन्य व्यवसाय गर्दा ऋण लिन समय लाग्ने र झन्झटिलो हुने कारण पनि कोभिड पछिको अवस्थामा लगानी कर्ताहरु शेयर बजारतर्फ आर्कषण हुनेछन् ।
३. शेयर लगानीकर्ताले १२-१३ प्रतिशतले तिरेको ब्याजदर घटाएर १० प्रतिशत भन्दा तल झारेको छ । जसको कारण पनि शेयर बजारमा लगानी कर्ताको आर्कषण बढ्ने देखिन्छ ।
४. सरकारले कारोबार सम्पूर्ण रुपमा अनलाईन मार्फत कारोबार गर्न मिल्ने बातावरण बनाएको छ । जस्ले गर्दा लगानी कर्ताहरुले आफ्ने व्यवसाय संगै शेयर बजारमम पनि कारोबार गर्न सक्ने छन् ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अनलाइनपाना डटकमसंग कुरा गर्ने क्रममा आर्थिक गत आर्थिक वर्षमा शेयर बजारमा सामान्य उतार–चढाव आएको भए पनि यस आर्थिक वर्षको शेयर बजार सकारात्मक तरिकाले अगाढी बढ्ने बताएकि छिन् । उनले भनिन्, ‘अघिल्लो वर्षहरु भन्दा आर्थिक वर्ष २०७६–७७ मा कारोबार रकमहरु उल्लेखिय रुपमा बढेको थियो । लगातार ४ वर्षदेखि घटिरहेको बजार पुस अन्तिमबाट उकालो लाग्ने क्रममा रहेको थियो । कोभिडको कारण बजारको माहोल केहि खस्कियो । कोभिड–१९ नभएको भए बजार राम्रो हुने थियो ।’
चालु आर्थिक वर्ष २०७७–७८ मा शेयर बजार राम्रो हुने पोखरेलको अनुमान रहेको छ । नियमक निकायले पनि यस वर्ष शेयर बजारमा धेरै परिवर्तनहरु ल्याएको कारण लगानीकर्ताहरु उत्साहीत भनेको प्रोखेलको भनाइ रहेको छ । उनले नियमक निकायले ल्याएका शेयर बजारका नियमहरु कागजमा मात्र सिमित नराखेर चाडो भन्दा चाडो कार्यनयन गर्न जोड दिएकी छिन् ।
यस्तै, नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुबेदीले आर्थिक वर्ष २०७६–७७ मा बजार सुखद रहेको र आगामि दिनमा पनि सुखद हुने बताएकी छन् । अहिलेको अवस्थामा अन्य क्षेत्रमा कारोबार तथा लगानी गर्ने ठाउँ नभएको कारण सम्पूर्ण लगानीकर्ता शेयरबजारमा सक्रिय भएको र शेयर बजारमा सकारात्मक सुभार आएको अनलाईनपाना डटकमलाई बताएकी हुन् ।
शेयर बजारमा भइरहेको सकारात्मक परिवर्त, लगानीकर्ताको उच्च मनोवल संगै आगामी वर्ष शेयर बजारमा धेरै परिवर्त आउने उनको भनाइ रहेको छ । यस वर्ष लगानीकर्ताहरु पनि बढ्ने उनको अनुमान रहेको छ । उनले भनिन, ‘बैंकमा पनि धेरैमात्रमा तरता रहेको छ । लगानीकर्ताले सहज रुपमा ऋण प्राप्त गरेका छन् । ऋणको ब्याजदर घटेको छ । यसको कारण पनि अबको शेयर बजार राम्रो हुने अपेक्षा छ ।’
यता, युवा लगानीकर्ता कमल पन्थीले गत आवमा नेप्से इन्डेक्स १०९८ र १६६० को विन्दुका बीच निकै उत्तारचढावको अवस्था रहेको बताएका छन् । पूँजीगत लाभकर र बैंकलाई ब्रोकर लाइसेन्सजस्ता नीतिगत व्यवस्थाले बजारमा धेरै आशा जगाएको छ । निकट समयमा नै लागू गरिने बुक बिल्डिङ विधिले अन्य क्षेत्रका कम्पनीहरुको प्रवेश पूूँजीबजारमा हुुने आशा पलाएको त पक्कै छ नै पर्याप्त नगद तरलता, एकल अंकको ब्याजदर कारण अब आगामी दिन बजारले नयाँ रेकर्ड र विन्दु चुम्नेमा म आश्वस्त रहेको उनको भनाइ रहेको छ ।
आर्थिक वर्ष २०७७–७८ को पहिलो दिनको कारोबार
नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजार माथि जान सहयोग पुगेको देखिन्छ ।
एनआइसी एसिया लघुवित्तको सेयर भाउ ५३ रुपैयाँले बढेपछि सर्किट लागेको छ । खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको ९ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एनएमबि र एनआइसी एसिया बैंक पनि क्रमशः धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा छन् ।





















प्रतिक्रिया