Logo

अर्थ

सुन चाँदीको मूल्य घट्यो, यस्तो छ आजको मूल्य



सुनको-चाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा झरेको छ । बिहीबार यसको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, तेवावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ९१ हजार ७६० रुपैयाँ पुगेको छ । बिहीबार यसको मूल्य प्रतितोला ९२ हजार २६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि १० रुपैले घटेर ९ सय ९५ रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । अघिल्लो दिन यसको मूल्य १ हजार ५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।