Logo

अर्थ

आइतबार सुन–चाँदीको भाउ बढ्यो



सुन–चाँदीको भाउ बढेको छ । नेपाली बजारमा आइतबार छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०५ रुपैयाँले बढेर ९२ हजार ६५ रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७६० रुपैयाँ रहको थियो । यता चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको भाउ प्रतितोला ९ सय ९५ रुयैयाँ थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।