Logo

अर्थ

होटल सञ्चालक र मजदुहरुबीचको विवाद समाधान



होटल सञ्चालक र मजदुहरुबीच लगडाउन भएको अवस्थामा पाउने सेवा सुविधा सम्बन्धि विवाद समाधान भएको छ । मजदुरहरुका प्रतिनिधिमुलुक संगठन र होटल सञ्चालकहरुको एसोसिएशन बीच सम्झौता भएसँगै विवाद मिलेको छ ।
चैत ११ गतेदेखि लकडाउन लागू भएपछि वैशाखदेखि व्यवस्थापक र मजदुरहरुबीच विवाद रहँदै आएको थियो ।

नयाँ सम्झौताअनुसार अव होटलहरुमा कार्यरत मजदुरहरुले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउने भएका छन् । होटल संघ नेपालसँग भएको सम्झौताअनुसार दुई सय बढी कोठा भएका होटलहरुमा कार्यरत श्रमिक कर्मचारीले महिनामा १० हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै,२ सय भन्दा न्यून कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले ९ हजार पाउने छन् भने एक सय बढी कोठा भएको चार होटलमा कार्यरत मजदुरहरुले ८ हजार ४५५ रुपैयाँ पाउने छन् । एकसय भन्दा न्यून कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा ८ हजार रुपैयाँ पाउने छन् भने तीन तारे होटल वा सोही सरहका रिसोर्टका मजदुरले ५ हजार पाउने छन् ।

सम्झौताअनुसार दुई तारे होटलले महिनामा प्रति मजदुर ४ हजार ३ सय रुपैयाँ दिने छन् भने एक तारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताको आधारमा सुविधा उपलब्ध हुने । सम्झौतामा सन् २०२० डिसेम्बरसम्मलाई होटल बन्द भएको अवस्था मानिएको छ । त्यसैले सोही मितिसम्म यस्तो सुविधा मजदुरहरुले पाउने छन् ।

यद्यपी बीचमै होटल सञ्चालन आएर आलोपालो काम लगाएको खण्डमा भने काम गरेकाहरुले सोहीअनुसारको सेवा सुविधा पाउने छन् । सम्झौताबाट तोकिएको तलब कुनै पनि काम नगरेको अवस्थामा मात्र लागू हुने छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।