Logo

प्रवास

कोरोनाविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको अक्सफोर्ड विश्वविद्यालयको दाबी



बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरसविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ ।

विश्वविद्यालयले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने संकेत पाइएको ‘बीबीसी’ले जनाएको छ ।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो ।

ती मानिसहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइएको छ । यसले श्वेत रक्त कोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ ।

यसले ठूलो आशा जगाएपनि यसलाई ठूलो समूहमा परीक्षण जारी राखिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।