मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार तलमाथि हुनु यसको विषेशता हो । २ दिन अगाडि सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजारमा अहिले सामान्य अवस्था आएको छ । लगानीकर्ताहरु सम्मालिएर बजारमा शेयर खरिद बिक्रि गरेका छन् । जस्ले गर्दा बजारको अवस्था स्थिर भएको हो ।
शेयर बजारमा लगानी गर्ने अहिले राम्रो माहोल बनेको लगानीकर्ताहरुको भनाई छ । केन्द्रीय बैंकले भर्खरै प्रस्तुत गरेको मौद्रिक नीतिमा पनि लगानी कर्ताको मागको सम्बोधन गरेको लगानीकर्ताहरुको भनाइ छ । यस बेला बैंकमा पनि तरता चाहिदो रहेको बैंकहरुको भनाइ छ । यस बेला अन्य क्षेत्रको व्यवसायहरु बन्द जस्तै अवस्थामा पुगेका छन् । जसको कारण शेयर बजारमा साना तथा ठुला लगानीकर्ताहरुको सक्रियता रहेको छ ।
आज बजार १४.९९ अंकले घटेर १४४९.९४ बिन्दुमा झरेको छ । मंगलबार बजारमा १ अर्ब ८७ करोड २२ लाख ४४७ रुपैयाँको कारोबार भएको छ । कारोबार समयमा ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर किनबेच भएको छ । ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ, भने एउटा कम्पनीको शेयरमा नकारात्म सर्किट लागेको छ ।





















प्रतिक्रिया