Logo

अर्थ

सुनको भाउमा रेकर्ड ब्रेक, एकैदिन १३ सय रुपैयाँ बढ्यो



सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।