Logo

अर्थ

प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेर



प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेर भएको छ । यसअघि डेपुटी जनरल म्यानेजर (डीजीएम) रहेका मनिराम पोखरेल डेपुटी सीइओ भएका छन् । त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिनेश थकाली प्रभु बैंकले प्रवर्द्धन गरेको प्रभु क्यापिटलको प्रबन्ध निर्देशक भएका छन् ।

प्रभु क्यापिटलका यसअघिका सीइओ भोलाप्रसाद पाठकलाई बाग्मती प्रदेश कार्यालय अर्थात् बाग्मती बिजनेश सेन्टर–एको प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि प्रमुख कर्जा अधिकृत (सीसीओ) रहेका निरज लम्साललाई बाग्मती बिजनेश सेन्टर–बीको प्रमुख बनाइएको छ ।

यसअघि मानव संशाधन र कर्पोरेट हेड रहेकी रश्मी पन्तलाई सीओओको जिम्मेवारी पनि थपिएको छ । पन्त बैंकको सूचना अधिकारी पनि हुन् । त्यसैगरी, यसअघि बिजनेश बैंकिङ हेड रहेका रिवस श्रेष्ठलाई सीसीओको जिममेवारी दिइएको छ भने यसअघि रिटेल बैंकिङ चिफ रहेका रेणुप्रसाद पाण्डेलाई चिफ बिजनेश अफिसर (सीबीओ) को जिम्मेवारी दिइएको छ । साउन १ गतेदेखि लागू हुनेगरी जिम्मेवारी हेरफेर गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।