शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार शेयर बजार १७.५० अंकले घटेर १४३२.४४ बिन्दुमा झरेको छ । शेयर बजारमा केहि दिन अघि समारात्क सर्किट लाग्ने गरेको थियो । तर मंगरबार र बुधबार दैनिक शेयर बजारमा गिरावट आएको छ ।
शेयर बजार घटेको भए पनि बजारमा डेढ अर्ब बराबरको कारोबार भएको छ । बुधबार बजारमा १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपयाँको कारोबार भएको छ । यस दिन टोटल ३५ लाख ८६ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम बढे पनि बजार घट्नुको कारण लगानीकर्ताले आफ्नो प्रोफिट बुक गरेको भन्ने बुफिन्छ ।
आज ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा सबै भन्दा धेरै ओरेन्टियल होटलले ३३ रुपैयाँ कमाएको छ र सबै भन्दा धेरै गुमाउनेमा नेपाल सेवा लघुवित्तले ७२ रुपैयाँ गुमाएको छ ।





















प्रतिक्रिया