सुन-चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गरको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर ९४ हजार पुगको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०५ सय रुपैयाँले बढेर ९४ हजार ६५ रुपैयाँ पुगको छ ।
अघिल्लो दिन यसको भाउ ९३ हजार ५६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ११ सय ४५ रुपैयाँ पुगेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ११ सय ३५ रुपैयाँ थियो ।
साउन महिनाको सुन-चाँदीको मूल्य






















प्रतिक्रिया