Logo

अर्थ

नविल बैंकमा कर्मचारीलाई लकडाउन अवधिभरको ७ महिना तलब बराबरकाे बोनस दिने



नबिल बैंकले कर्मचारीलाई बोनस वितरण गरेको छ । बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट ७ महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको हो । बैंकका उच्च कर्मचारीले भने ५ महिनाको बोनस पठाएको छ ।

बुधबार बैंकको एचआरले बोनस पठाएको इमेल कर्मचारीलाई पठाएको थियो भने खातामा समेत पैसा गइसकेको छ ।

बैंकले गतवर्ष कमाएको नाफाबाट २ अर्ब १८ करोड रुपैयाँ आयकर वापत बुझाएको छ । आयकरमा सबैभन्दा बढी कर बुझाउने १० वटा कम्पनीमा नबिल बैंक छैटौ स्थानमा पर्छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक पहिलो स्थानमा छ ।
सो आधारमा बैंकको नाफा ४ अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ ।

उनका अनुसार बैंकले सोहि नाफालाई आधारमा बोनस हालेको हो । बोनस ऐनअनुसार कुनैपनि रोजगारदाता प्रतिष्ठानले नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई वितरण गर्नुपर्न प्रावधान छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।