Logo

मधेश प्रदेश

वीरगंजमा समुदाय स्तरमा कोरोना फैलिएको आशंका



वीरगंजमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।
वीरगंज ६ माईस्थानका एकजनाको कोरोना भाइरसबाट मृत्युभएसँगे वीरगंजमा कोरोना भाइरस समुदायस्तारमा फैलिएको आशंका गरिएको हो ।

उनको परिवारको अनुसार उनी कुनैपनि ठाउँमा गएका छैन। घरको सुन पसलमा बाहेक उनी नगएको बताइएका छ । पछिल्लाे समयमा काेराना भाइरस संत्रमणाकाे कुनै रेकर्ड नराख्दा  समुदाय स्तरमा काेरेाना  समुदायमा फैलिएकाे हाे कि भनि शंका गिरएकाे हाे ।

जनस्वास्थ्य विज्ञहरु भने पर्सामा समुदाय स्तरमा संक्रमणको संकेत देखिइसकेको बताउँछन् ।

नारायणी अस्पताल, वीरगञ्जका मेडिकल सुपरिपेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार १८८ जनाको पेड पीसीआर टेष्ट गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यससमा पनि त्यहाँका बासिन्दाहरुले आफूखुशि कोरोना भाइरसको परीक्षण गराएका हुन् । परीक्षणको दायरा कम भएकाले त्यहाँकाृे अवस्था कोरोना भाइरसको अर्को नयाँ इपिसेन्टर बन्न सक्ने खतर उत्पन्न भएको छ ।

भारतबाट आएका अधिकांंशको तथ्याक विश्लेषण नगर्दा कोरोनालो नयाँ मोड लिन सक्ने विज्ञहरुले औल्याएका छन् ।

गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमित अस्पतालको सघन कक्षमा ृ उपचार भइरहेको छ । एकजनाको अवस्था गम्भीर भएकाले काठमाडौं पठाउन हेलिकप्टर माग गरिएको छ । २२ जनामा सामान्य लक्षण देखिएको छ भने अन्यको अवस्था सामान्य रहेको त्यहाँको अस्पतालले जनाएको छ ।

यसले समुदायमा एउटा स्तरमा कोरोना संक्रमण छ भन्ने बुझ्नुपर्ने विज्ञहरु बताउँछन् ।हुन पनि वीरगञ्जमा मात्र होइन, पर्सामा भेटिएका धेरै संक्रमितको संक्रमणे स्रोत पत्ता लागेको छैन ।

वीरगञ्जमा पहिलो पटक २९ चैतमा तीन भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको समेत स्रोत पत्ता लागेको छैन । जनस्वास्थ्य विज्ञहरुका अनुसार धेरै केसको संक्रमण स्रोत पत्ता नलाग्नु भनेकै समुदायमा संक्रमण भएको संकेत हो ।

तर, समुदायमा कुन स्तरमा संक्रमण छ भन्ने पत्ता लागाउन समुदायमै गएर व्यापक परीक्षण गर्नुपर्नेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले पनि उक्त क्षेत्रमा परीक्षणको दायरा बढाउनका लागि निर्देश दिएको बताएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार २१:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।