आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमाससम्म आइपुग्दा तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा खुद नाफा ३८२.८९५ ले बढेर १९ करोड ६८ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले यसैअवधिमा ४ करोड ७ लाख ५६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएसँगै खुद नाफा पनि बढ्न टेवा पुगेको हो ।
यस बैंकको खुद ब्याज आम्दानी १९९.६६५ ले बढेर ६५ करोड ३० लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २१ करोड ७९ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा १२४.७६५ ले बढेर २८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष तिनाउले १२ करोड ४५ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यता, प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले बढेर १० रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १६ पैसा थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यसको चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड ४२ लाख १८ हजार रुपैयाँ छ । तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । एक्विजिसनपछि वित्तीय सूचकहरुमा थप सुधार भएको देखिन्छ ।
बैंकको आधारदर ९.७५५ मा आएको छ । गत वर्ष यसको आधारदर १२.१९५ थियो । प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा छ । असार मसान्तसम्ममा बैंकले १६ अर्ब ५ करोड ५७ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १२ अर्ब ३३ करोड २३ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।





















प्रतिक्रिया