Logo

अर्थ

सुनको मूल्यमा मंगलबार पनि नयाँ रेकर्ड



मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै, सुन चाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य पनि ७०० रुपैयाँले नै बढेर ९७ हजार ७६० रुपैयाँ पुगेको छ ।

यता चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ६० रुपैयाँ थियो । चाँदीको भाउले पनि दैनिक नयाँ रेकर्ड कायम गर्दै १२ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।