Logo

कर्पोरेट फोकस

सहकारीले अब १४ दशमलव ७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने



सहकारी संस्थाहरुले अब अधिकतम १४ दशमलव ७५ प्रतिशतसम्म मात्र ब्याजदर लिन पाउने भएका छन् ।

ब्याजदर निर्धारण तथा सिफारिस समितिले सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४ दशमलव ७५ प्रतिशतमा नबढ्ने गरी तोकेको हो । समितिले कार्तिक १५ गतेदेखि लागुहुने जनाएको छ ।  

ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो ।

अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ५५ बजे