वीरगंज महानगरपालिका मेयर बिजय कुमार सराबरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै आफ्नो क्षेत्रका बासिन्दाका लागि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउनका लागि निरन्तर लागि परेका सराबरीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
उनले संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयास गरेको बताए ।
आफूलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै पुन बीरगंज बासिन्दाकै सेवा लाग्ने उनको भनाई छ । हाल उनको स्वाथ्य अवस्था सामान्य रहेको अनलाइन पानालाई जानकारी दिए । उनी भन्छन् ‘ हाल मेरो स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै पुन काममा फर्कनेै छु ।’





















प्रतिक्रिया