कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा संचालनमा ल्याएको हो ।
नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उत्त शाखा विस्तार गरेको हो ।
यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु मझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९/ ५०५ वार्षिक ब्याजदरमा एसएमई कर्जा ९साना तथा मझौला कर्जा० ९/५०५ वार्षिक ब्याजदरमा र मोर्टगेज लोन –व्यक्तिगत कर्जा० १०।९९५ वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशैभरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।





















प्रतिक्रिया