Logo

साहित्य

कविताः किन यस्तो हुन्छ यहाँ ?



म हेर्छु अनि रमाउछु,
लामो साँस फेर्दै आनन्द लिन्छु,
कति विशाल हृदय भएको
मेरो शिर माथि निलो आकाश छ,
आकाशले छल गरेको
मैले कहिले देखेको छैन ।
आकाश मुनि,
आफै बाटो बनाएर बगेका
नदिहरुले,
ईमान छाडेको मैले
कहिले देखेको छैन,
तर पनि किन
अभिशप्त छ मान्छे,
किन बिशक्त छ मन रु
मैले कहिले बसन्तले
धर्म छाडेको देखेको छैन ।
हावाले बिष पोखेको
देखेको छैन ।
माहुरिले अल्छी गरेको
देखेको छैन
कमिलाको सहकार्य
उनको एकतामा
कहिले खुट्टा तानेको
देखेको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ०७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।