Logo

अर्थ

सुन तोलामा एकै दि न २२ सयले बढ्यो



पछिल्लो समय सुनको भाउमा निर्कै उतारचढाव देखा परेको छ । सुनको मूल्य घट्ने र बढ्ने क्रम जारी रहेको छ ।  मंगलबार एकै दिनको सुनको मूल्य २२ सयले वृद्धि भएको छ । आज सुन तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । साेमबार चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।