विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका भाइरस नेपालमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको छ ।
मंगबार राति वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । पर्साको बहुदरमाइ नगरपालिकामा मात्रै थप ९० जनामा संक्रमण पुष्टि भएको छ। बहुदरमाइ नगरपालिका ५ मा ६५ जना, वडा नम्बर २ मा २० जना, वडा नम्बर ३ मा ३ जना र त्यहिकै स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।
त्यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका ६ जना कर्मचारीमा जीराभवानी गाँउपालिका २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका ५ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ । साथै वीरगन्ज महानगरपालिका(१६ नगवाका २ जना, वडा नम्बर ५, १० , १२ र २५ का १र१ जना तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय १ जना पुरुषमा पनि संक्रमण भेटिएको हो। यो सँगै पर्सामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ ।





















प्रतिक्रिया