किन्छु भन्ने कबुल त्यस्तै-त्यस्तै भयो,
रातो सारी,शिरमा शिरफुल त्यस्तै-त्यस्तै भयो
प्रदेशमा कमाइ छैन,घर आउन रकम छैन,
रित्तो खल्ती,रित्तो अन्जुल त्यस्तै -त्यस्तै भयो ।
नरुवाउनु तिम्रो मन,अरु हेरि खुशी हुनु,
मुटु माथी पिरको त्रिशुल त्यस्तै-त्यस्तै भयो ।
बाँचिराख्नु लामो आयु,हेरिराख्नु भित्ते तस्बिर,
जिन्दगिलाइ समयको भुल त्यस्तै-त्यस्तै भयो ।
(सौगात शाह-बुढिगङ्गा ०५ बाजुरा)















प्रतिक्रिया