कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एक जनाको निधन भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।
गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो सवा १ बजे ती संक्रमित पुरुषको मृत्यु भएको हो।
मुटु रोगी रहेका ति पुरुष साउन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। साउन ३२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।





















प्रतिक्रिया