Logo

जगदम्बा माटर्सले लियो ‘टिभिएस दशैको आशा’ योजना 



जगदम्बा मोटर्सले ‘टिभिएस दशैंको आशा’ योजना ल्याएको छ । नेपालको लागि टिभिएस टु–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस दशैंको आशा’ योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत कुनै एउटा मोटरसाइकल किन्दा ९ हजार र स्कुटरमा ७ हजार छुट वा शून्य प्रतिशत ब्याजदरमा पाइन्छ । त्यसैगरी, बम्पर उपहारका रूपमा प्रत्येक हप्ता एक जनाले आर.आर ३१० जित्नेछन् । यो योजनामा भाग लिन टिभिएस डटकम–दशैंमा गई फारम भर्नुपर्छ।

जसमा बाइक किने पनि नकिने पनि आर।आर ३१० जित्ने अवसर पाइने कम्पनीले बताएको छ । चाडपर्वको अवसरमा ल्याएको यस्तो योजनाले आफ्ना उपभोक्ता लाभान्वित हुने विश्वास लिइएको जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १ : ०१ बजे