वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइबार बिहान रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय युवकको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मधुमेहका बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाएका छन् । उनको कोरोना परिक्षण गराउँदा पोजेटिभ देखा परेको थियो ।





















प्रतिक्रिया